१ कात्तिक २०८३ English
English

नवरात्रको आठौँ दिन आज महागौरी देवीको पूजा आराधना

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नवरात्रको आठौँ दिन आज महागौरी देवीको पूजा आराधना
तस्बिर: अनलाइनखबर

बडादसैँ र नवरात्रको आठौँ दिन आज आइतबार हो। आज दसैँघर तथा पूजाकोठामा नवदुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना भइरहेको छ।

हरेक वर्ष आश्विन शुक्ल अष्टमी, अर्थात् दुर्गाष्टमीका दिन दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको पूजा गर्ने परम्परा छ। दुर्गा पूजाअन्तर्गत महागौरीको पूजाको विशेष विधिविधान रहेको छ।

आज वि.सं. २०८३ कात्तिक १ गते, अर्थात् इस्वी सन् २०२६ अक्टोबर १८ तारिख हो।

यसअघि हिजो शनिबार आश्विन शुक्ल सप्तमीका दिन घरघरमा र दसैँघरमा फूलपाती भित्र्याइएको थियो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 1 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार