५ कात्तिक २०८३ English
English

भोटेकोशी–त्रिशूली बाढी: हानिनोक्सानी कोषबाट नेपाललाई २ करोड डलर (करिब ३ अर्ब) सहयोग

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
भोटेकोशी–त्रिशूली बाढी: हानिनोक्सानी कोषबाट नेपाललाई २ करोड डलर (करिब ३ अर्ब) सहयोग
तस्बिर: रातोपाटी

भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज) ले नेपाललाई सहयोग गर्ने निर्णय गरेको छ।

कोषले नेपाललाई २ करोड अमेरिकी डलर अनुदान दिने निर्णय गरेको हो। यो रकम करिब ३ अर्ब रुपैयाँ बराबर हुन्छ।

बाढीपछि नेपालले कोषबाट तत्काल आर्थिक सहयोग उपलब्ध गराउन औपचारिक अनुरोध गरेको थियो। सोही अनुरोधपछि कोषको विशेष बैठक आयोजना गरिएको थियो र सो बैठकले सहयोगको निर्णय गरेको हो।

बाढीबाट भएको प्रारम्भिक आर्थिक क्षति दुई अर्ब ७० करोड अमेरिकी डलर बराबर रहेको र पुनर्निर्माणका लागि चार अर्ब ७० करोड अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको मन्त्रालयले जनाएको छ।

भोटेकोशी–त्रिशूली क्षेत्रको बाढीले प्रभावित क्षेत्रमा व्यापक क्षति पुर्‍याएको थियो। कोषबाट प्राप्त हुने रकम प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा प्रयोग गरिने जनाइएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ५ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 5 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार