५ कात्तिक २०८३ English
English

श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युज एनपीएलमा विराटनगर किङ्सबाट खेल्ने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युज एनपीएलमा विराटनगर किङ्सबाट खेल्ने
तस्बिर: नेपाल लाइभ

श्रीलंकाका पूर्वकप्तान तथा अनुभवी अलराउन्डर एन्जेलो म्याथ्युज नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किङ्सबाट खेल्ने भएका छन्।

विराटनगर किङ्सले बिहीबार एक विज्ञप्ति जारी गर्दै म्याथ्युज टोलीमा आबद्ध भएको जानकारी दिएको हो।

३९ वर्षीय म्याथ्युज दायाँहाते ब्याटर हुन्। उनी सन् २०१४ मा टी–२० विश्वकप जित्ने श्रीलंकाली टोलीका सदस्य थिए। श्रीलंकाको कप्तानी गरिसकेका म्याथ्युज लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा सक्रिय अनुभवी खेलाडी हुन्।

एनपीएलको तेस्रो संस्करण अक्टोबर २६ देखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ५ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 5 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार