एनपीएल तेस्रो संस्करणको टिकट मूल्य सार्वजनिक, लिग चरणमा ५०० र १००० रुपैयाँ

नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ। क्यानका सचिव पारस खड्काले बिहीबार पत्रकार सम्मेलनमा टिकट मूल्य सार्वजनिक गरेका हुन्।
लिग चरणका खेल हेर्न साधारणतर्फ ५०० रुपैयाँ र प्रिमियमतर्फ १ हजार रुपैयाँ तोकिएको छ। प्रतियोगिताका विभिन्न चरणका टिकट ५०० देखि २ हजार रुपैयाँसम्मका छन्।
टिकट बिहीबार बेलुका ८ बजेदेखि डिजिटल वालेट ‘इसेवा’ मार्फत खरिद गर्न सकिने क्यानले जनाएको छ।
एनपीएलको तेस्रो संस्करण अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


