साउदी अरबमा ड्रोनको भग्नावशेष लागेर एक नेपालीको मृत्यु, सरकारद्वारा गहिरो दुःख व्यक्त

साउदी अरबस्थित साउदी अरामकोको सायवाह तेल क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको छ।
घटनाप्रति सरकारले गहिरो दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत दुःख व्यक्त गरेको हो। अनलाइनखबरका अनुसार नेपाल सरकारले आक्रमणको कडा निन्दा पनि गरेको छ।
बुधबार साउदी अरामकोको तेल उत्पादन तथा प्रशोधन केन्द्रलाई लक्षित गरी ड्रोन आक्रमण भएको थियो।
साउदी अरबको विमानस्थल र अरामकोको तेल केन्द्रमा भएका आक्रमणमा तीन जनाको मृत्यु भएको र १० जना घाइते भएको नागरिकले जनाएको छ। मृतकमध्ये एक नेपाली, एक भारतीय र एक फिलिपिन्सका नागरिक रहेका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


