सौर्य मिनिग्रिडमा प्रदेश सरकार र वैकल्पिक ऊर्जा केन्द्रको साझा लगानी

कर्णाली प्रदेशमा राष्ट्रिय प्रसारण लाइन पुग्न कठिन बस्तीमा बिजुली र सुक्खा जमिनमा सिँचाइ पुर्याउन प्रदेश सरकार र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले संयुक्त लगानी गर्ने भएका छन्। मुख्यमन्त्री मंगलबहादुर शाही र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालसहितका पदाधिकारीबीच यसबारे छलफल भएको छ। छलफलमा सौर्य मिनिग्रिडमा प्रदेशले १० प्रतिशत र केन्द्रले ९० प्रतिशत लगानी गर्ने सहमति भएको मुख्यमन्त्री शाहीले बताउनुभएको छ।
स्थानीय तहले पर्याप्त रकम जुटाउन नसक्ने भएकाले प्रदेश सरकार लगानीमा अघि सरेको उहाँको भनाइ छ। सौर्य मिनिग्रिड र लघुजलविद्युत्को प्रयोगबाट दुर्गम क्षेत्रमा बिजुलीको पहुँच बढाउने योजना छ। सिँचाइ नपुगेको जमिनमा पनि यिनै प्रणालीमार्फत पानी पुर्याउने लक्ष्य राखिएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
