५ कात्तिक २०८३ English
English

चक्रपथको चप्पल कारखाना–धोबीखोला खण्ड आठ लेनको बनाउन ठेक्का

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
चक्रपथको चप्पल कारखाना–धोबीखोला खण्ड आठ लेनको बनाउन ठेक्का

YouTube मा सब्स्क्राइब

काठमाडौँको चक्रपथ विस्तारअन्तर्गत चप्पल कारखानादेखि धोबीखोला पुल नजिकसम्मको करिब १.०३ किलोमिटर सडकलाई ८ लेनको बनाउन ठेक्का लागेको छ। सडक डिभिजन काठमाडौँले यो कामका लागि शान्ति–सुशन जेभीलाई छनोट गरेको छ। भ्याट र मूल्य समायोजनबाहेक कम्पनीले करिब ४० करोड १८ लाख रुपैयाँमा ठेक्का पाएको हो।

साउनको अन्तिम साता आह्वान गरिएको ठेक्कामा १६ कम्पनीले प्रस्ताव हालेका थिए। प्राविधिक मूल्याङ्कनमा १० कम्पनी छनोट भएपछि आर्थिक प्रस्तावका आधारमा अन्तिम निर्णय गरिएको हो। निर्माण सम्झौता भने अझै हुन बाँकी छ।

डिभिजनका इन्जिनियर सजित शर्माका अनुसार अब सम्झौता प्रक्रिया अघि बढाइनेछ। सम्झौता भएको १८ महिनाभित्र काम सक्ने लक्ष्य राखिएको छ।

स्रोत

सम्बन्धित समाचार