५ कात्तिक २०८३ English
English

तनहुँ जलविद्युत्को जलाशयले प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
तनहुँ जलविद्युत्को जलाशयले प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

YouTube मा सब्स्क्राइब

१४० मेगावाट क्षमताको निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको जलाशयले असर गर्ने चारवटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएको छ। यसका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र काठमाडौँको थानी काली जोशी संयुक्त उपक्रमबीच ठेक्का सम्झौता भइसकेको छ। कर बाहेकको सम्झौता रकम करिब १६ करोड रुपैयाँ रहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभएको छ।

उहाँका अनुसार स्थानीयसँग परामर्श गरेर पुल बनाउने उपयुक्त ठाउँ छानिएको छ। नयाँ पुलहरू चुलेसी, टुनिबोटे, डब्ल्याङ र टुटुवामा बन्नेछन्। निर्माणका लागि चाहिने उपकरण र सामग्री आपूर्ति भइसकेको भण्डारीले बताउनुभएको छ।

पुराना पुल जलाशयले प्रभावित हुने भएकाले स्थानीयको आवतजावत सहज बनाउन नयाँ ठाउँमा पुल बनाउन लागिएको हो।

स्रोत

सम्बन्धित समाचार