५ कात्तिक २०८३ English
English

कोप–३१ को तयारी: नेपालको राष्ट्रिय स्थितिपत्र अन्तिम चरणमा, सहभागिताको खाका माग

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कोप–३१ को तयारी: नेपालको राष्ट्रिय स्थितिपत्र अन्तिम चरणमा, सहभागिताको खाका माग

YouTube मा सब्स्क्राइब

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन कोप–३१ का लागि नेपालको राष्ट्रिय स्थितिपत्र अन्तिम चरणमा पुगेको छ। स्थितिपत्र अर्को साता सार्वजनिक गर्ने तयारी रहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। सम्मेलन नोभेम्बर ९ देखि २० अर्थात् कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म टर्कीएको अन्टाल्यामा हुँदै छ।

मन्त्रालयको जलवायु व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव डा. महेश्वर ढकालले दसैँका बेला पनि मस्यौदामाथि सरोकारवालाको सुझाव सङ्कलन भइरहेको बताउनुभएको छ। जलवायु न्याय र जलवायु वित्तमा सजिलो पहुँचका लागि कूटनीतिक प्रयास बलियो पार्ने गरी छलफल भइरहेको उहाँको भनाइ छ।

यसपटक नेपालले पर्वतीय क्षेत्रका जोखिम तथा जलवायुजन्य क्षति र नोक्सानीलाई पनि प्राथमिकतामा उठाउने तयारी गरेको छ। सहसचिव ढकालका अनुसार सम्मेलनको पहिलो साता प्राविधिक वार्ता र दोस्रो साता जलवायु वित्त तथा अनुकूलनलगायत विषयमा मन्त्रीस्तरीय छलफल हुनेछ। नेपालका प्राथमिकता प्रभावकारी रूपमा राख्न उच्चस्तरीय राजनीतिक प्रतिनिधित्व आवश्यक रहेको उहाँले बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार