स्थानीय निर्वाचनको चर्चासँगै दलमा सरगर्मी, स्ववियु नेता रास्वपातर्फ

आगामी स्थानीय तह निर्वाचनको चर्चा सुरु भएसँगै पर्साका दुई दलका नेताले आफ्नो पार्टी छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपाको सदस्यता लिनुभएको छ। निर्वाचन फागुनको अन्तिम साता वा चैतको पहिलो साता गराउने विषयमा चर्चा चलेसँगै दलहरूमा चुनावी चहलपहल बढेको छ। राष्ट्रिय मुक्ति पार्टी नेपालका सहमहासचिव नेजामुद्दिन शमानीले रास्वपाको आधिकारिक अनलाइन प्रणालीबाट साधारण सदस्यता लिनुभएको छ।
उहाँ पोखरिया नगरपालिकाको नगर प्रमुखमा उम्मेदवार बन्ने लक्ष्यसहित रास्वपामा जानुभएको बताइएको छ। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी, नेकपाका मधेश प्रदेश कमिटी सदस्य प्रभाकर गुप्ताले पनि पार्टी त्यागेर रास्वपा रोज्नुभएको छ। दुवैको प्रवेशलाई आगामी स्थानीय निर्वाचनको तयारीसँग जोडेर हेरिएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


