५ कात्तिक २०८३ English
English

प्रदेशबारे स्पष्ट धारणा बनाउन रवि लामिछानेलाई दाइ हरिशरणको सुझाव

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
प्रदेशबारे स्पष्ट धारणा बनाउन रवि लामिछानेलाई दाइ हरिशरणको सुझाव

YouTube मा सब्स्क्राइब

राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपाका सभापति रवि लामिछानेलाई उहाँका दाइ हरिशरण लामिछानेले पाँच बुँदे सुझाव दिनुभएको छ। पार्टीको वाचापत्रअनुसार प्रदेशबारे स्पष्ट धारणा बनाउनुपर्ने कुरामा उहाँले जोड दिनुभएको छ। दसैँका बेला भाइसँग भएको गैरराजनीतिक भेटमा छोटो छलफल भएको बताउँदै हरिशरणले सामाजिक सञ्जालमा यी सुझाव सार्वजनिक गर्नुभएको हो।

जलवायु परिवर्तनले ल्याएको अवस्थाको दिगो समाधान खोज्न उहाँले आग्रह गर्नुभएको छ। देशको भूबनोट सुहाउँदो गरी देशभर पोडवे बनाउने र हेटौँडा–काठमाडौँको पुरानो रोपवेलाई आधुनिक पोडवेमा बदल्ने प्रस्ताव पनि उहाँले राख्नुभएको छ। यस्तो परियोजनाले सडकको सवारी चाप घटाउन र वातावरण जोगाउन मद्दत गर्ने उहाँको तर्क छ।

भूमिगत जल पुनर्भरण योजना र काठमाडौँको जलप्रवाह सुधारको कुरा पनि सुझावमा समेटिएको छ। विपन्न तथा न्यून आय भएका नागरिकलाई तोकिएको अनुपातमा निःशुल्क सुविधा दिनुपर्ने उहाँको सुझाव छ। सौर्य ऊर्जाबाट घरधुरीको आम्दानी बढाउन सकिने स्मार्ट मिटरिङ प्रणालीको अवधारणा पनि उहाँले अघि सार्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार