आन्दोलनमा जलेको देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा

नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाको काठमाडौँको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा पुगेको छ। गत वर्ष जेन–जी आन्दोलनका बेला उक्त घरमा आगजनी भएको थियो। घटनापछि देउवा परिवारसहित लामो समय सिंगापुर र हङकङमा बस्नुभएको थियो।
उहाँ साउन २८ गते काठमाडौँ फर्किएपछि घर भत्काउन सुरु गरिएको हो। भत्काउने काम अझै जारी छ। देउवानिकट स्रोतका अनुसार संरचना हटाइसकेपछि उक्त जग्गा भाडामा दिने योजना छ।
जग्गा तत्काल बिक्री गर्ने योजना भने नरहेको सोही स्रोतको भनाइ छ। यो घर देउवा पहिलोपटक प्रधानमन्त्री बन्नुअघि २०५१ सालमा बनेर तयार भएको थियो। २०४८ सालको आमनिर्वाचनपछि देउवा गृहमन्त्री रहँदा यसको निर्माण सुरु भएको थियो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


