चुमभ्याली पदमार्गमा काठे पुल बनाउँदै, केही दिनमै खुल्ने

उत्तरी गोरखाको चुमभ्यालीसम्म पुग्ने पदमार्गमा काठका पुल राखेर करिब १० दिनभित्र आवतजावत सुचारु गर्ने तयारी भएको छ। पहिरो र बाढीले अवरुद्ध बनाएको यो पदमार्गका आवश्यक खण्डमा मर्मत सकिएको र अब काठे पुल मात्र राख्न बाँकी रहेको गाउँपालिका अध्यक्ष निमा लामाले बताउनुभएको छ। चुमनुव्री गाउँपालिका–६ को सर्दिभिरमा बूढीगण्डकीको स्यार खोलामाथि रहेको क्यान्टिलिभर पुल बाढीले बगाएपछि चुम्चेत र छेकम्पारतर्फको आवतजावत ठप्प भएको छ।
सोही स्थानमा बगेको पुलको सट्टा अस्थायी काठे पुल जोडेर पदमार्ग सञ्चालनमा ल्याउने काम भइरहेको छ। अध्यक्ष लामाका अनुसार पदमार्गमा जम्मा ४ वटा काठे पुल राखिनेछन् र ती तयार भएपछि छेकम्पारसम्मको बाटो खुल्नेछ। तर काठे पुलले लामो समयसम्म समस्या समाधान नगर्ने उहाँले स्पष्ट पार्नुभएको छ।
दिगो समाधानका लागि त्यस क्षेत्रमा फेरि क्यान्टिलिभर पुल बनाउनुपर्ने, अन्यथा ब्लास्ट गरेर नयाँ ट्र्याक खन्नुपर्ने उहाँको सुझाव छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
