सारङ्गी र मालश्रीको परम्परा जोगाउँदै ७३ वर्षीय रामबहादुर गन्धर्व

पाल्पाको तानसेन–६ का ७३ वर्षीय रामबहादुर गन्धर्वले यस वर्षको दशैँमा पनि सारङ्गी बजाउँदै मालश्री गाएर पुर्खाको परम्परा जीवित राख्नुभएको छ। घटस्थापनादेखि नवरात्रका ९ दिन उहाँ हरेक बिहान करिब ३ बजेदेखि ५ बजेसम्म तानसेनका गल्ली, चोक र घरदैलो घुम्नुभएको छ। सात दशक नाघेको उमेरमा पनि उहाँको मालश्रीप्रतिको लगाव घटेको छैन।
उहाँका लागि मालश्री गीत मात्र होइन, पुर्खाबाट पाएको सांस्कृतिक सम्पदा हो। पहिले दशैँ सुरु हुनासाथ गन्धर्व समुदायका धेरैजना मालश्री गाउँदै गाउँगाउँ पुग्ने चलन थियो। नयाँ पुस्ताले चासो नदिँदा र पुराना कलाकार घट्दै जाँदा यो चलन हराउँदै गएको छ।
अहिले पाल्पा जिल्लामा मालश्री गाउने आफू मात्र बाँकी रहेको रामबहादुरले बताउनुभएको छ। आफूपछि यो परम्परा कसले धान्ने भन्ने चिन्ता रहेको उहाँको भनाइ छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


