पश्चिमी वायुको आंशिक प्रभाव: चार प्रदेशका हिमाली र पहाडी भागमा हल्का वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ। देशभर मौसम मुख्यतया सफा छ भने तराई भूभागमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।
महाशाखाले आगामी दुई दिन देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने जनाएको छ। आज कर्णालीका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
तराई भूभागका केही स्थानमा भने बिहानपख हुस्सु र कुहिरो लाग्ने क्रम जारी रहने महाशाखाले जनाएको छ।
यसैबीच, आउँदो मंगलबारदेखि देशका केही भागमा पानी पर्न सक्ने महाशाखाले जनाएको छ। पानी परे पनि त्रसित हुनुपर्ने अवस्था नभएको महाशाखाका मौसमविद्ले बताएका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


