रास्वपा सभापति लामिछाने तीन दिने तीर्थाटनका लागि आज भारत जाँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि आज भारत जाने भएका छन्। उनको यो भ्रमण निजी तथा पारिवारिक तीर्थाटन रहेको उनको निजी सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार भ्रमणका क्रममा लामिछाने परिवारसहित उत्तराखण्डको नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिर पुगेर पूजाअर्चना गर्नेछन्।
लामिछाने धनगढी हुँदै भारततर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। उनी आजदेखि तीन दिन भारतमा रहनेछन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

