६ कात्तिक २०८३ English
English

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध विरोध जारी, खारेजीको माग

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध विरोध जारी, खारेजीको माग

YouTube मा सब्स्क्राइब

सरकारले आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेपछि लुम्बिनी क्षेत्रमा विरोध जारी छ। स्थानीयवासी र विभिन्न क्षेत्रका अगुवाहरूले यो निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्। लुम्बिनी बचाउ महाअभियानले आज दिउँसो १ बजे लुम्बिनीको पर्साचोकमा विरोध कार्यक्रम तय गरेको थियो।

अभियानका संयोजक अक्रम खानका अनुसार नियुक्ति रद्द नहुन्जेल चरणबद्ध आन्दोलन जारी रहनेछ। यो नियुक्तिविरुद्ध सबैभन्दा पहिले विरोध कार्यक्रम घोषणा गर्ने संगठन पनि यही महाअभियान हो। कपिलवस्तु–तिलौराकोट संघर्ष समितिले पनि असन्तुष्टि जनाउँदै सरकारलाई निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरेको छ।

समितिका राजकुमार यादवले यो नियुक्तिले भावना र आकाङ्क्षामा चोट पुर्‍याएको बताउनुभएको छ। विरोध गरिरहेका केही संगठनले उपाध्यक्षको नागरिकता र सम्पत्तिको वैधताबारे प्रश्न उठाएका छन्। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यो निर्णयलाई सार्वजनिक नैतिकता, कानुन र सुशासनको दृष्टिले हेर्नुपर्ने बताउनुभएको छ।

उहाँको भनाइमा नागरिकताबारे उठेको प्रश्न नटुङ्गिँदै नियुक्ति गर्नु हुँदैनथ्यो। त्रिपाठीले लुम्बिनी विकास कोष प्रशासनिक पद मात्र नभई बुद्ध धर्मावलम्बीको आस्था र विश्वशान्तिको प्रतीकसँग जोडिएको संस्था भएको उल्लेख गर्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार