६ कात्तिक २०८३ English
English

९२ वर्षमा पनि लेखनमा मोहनविक्रम, वामपन्थी आन्दोलनका तीन 'मोहन' अहिले के गर्दै छन्

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
९२ वर्षमा पनि लेखनमा मोहनविक्रम, वामपन्थी आन्दोलनका तीन 'मोहन' अहिले के गर्दै छन्

YouTube मा सब्स्क्राइब

नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह ९२ वर्षको उमेरमा पनि सक्रिय राजनीतिमै हुनुहुन्छ। यो उमेरमा पनि उहाँ राजनीतिक विषयका पुस्तक लेख्न व्यस्त हुनुहुन्छ। सिंहले सिद्धान्त र राजनीतिमा धेरै पुस्तक तथा लेख लेख्नुका साथै नाटक, कविता र समालोचनाका कृति पनि प्रकाशित गर्नुभएको छ।

नेपाली वामपन्थी आन्दोलनका अर्का दुई वरिष्ठ नेता मोहन वैद्य र मोहनचन्द्र अधिकारीले भने सक्रिय राजनीतिबाट विश्राम लिनुभएको छ। वैद्य अहिले पनि अध्ययन र लेखनमा लागिरहनुभएको छ भने अधिकारी घरमै आराम गरिरहनुभएको छ। नेपालको ७७ वर्ष लामो वामपन्थी आन्दोलन नजिकबाट देखेका यी तीनै नेता राजनीतिसँगै साहित्य लेखनमा पनि उत्तिकै सक्रिय रहँदै आउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार