दोर्जेलाक्पा हिमालको चुचुराबाट पहिलोपटक स्की माउन्टेनियरिङ

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पर्ने ६,९६६ मिटर अग्लो दोर्जीलाक्पा हिमालबाट पहिलोपटक विदेशी पर्वतारोहीले स्की माउन्टेनियरिङ पूरा गरेका छन्। टोलीले कात्तिक ३ गते दिउँसो पौने २ बजे चुचुराबाट स्की माउन्टेनियरिङ पूरा गरेको आरोहण गाइड दावा गेल्जी शेर्पाले बताउनुभएको छ। चार अमेरिकी र एक क्यानेडियन नागरिकको टोली तीन नेपाली गाइडको साथमा एक साताअघि ४,१९० मिटरको आधार शिविर पुगेको थियो।
टोलीको नेतृत्व चर्चित अमेरिकी स्की पर्वतारोही निकोलस मेटेज रसेलरले गरेका थिए र विलियम रोवर्ट हास पनि टोलीमा थिए। खराब मौसमका कारण टोली केही दिन आधार शिविरमै रोकिनुपरेको थियो। त्यस बीचमा उनीहरूले ६,००० मिटरमा रहेको शिविर–२ आसपास केही समय स्की गरेका थिए।
दोर्जीलाक्पा हिमाल आरोहण र स्की दुवैका लागि निकै कठिन मानिन्छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

