ब्रुकको कीर्तिमानी दोहोरो शतकका बाबजुद ४३० रनको लक्ष्य भेट्टाउँदै श्रीलंका विजयी
इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा सबैभन्दा छिटो दोहोरो शतकको नयाँ विश्वकीर्तिमान बनाएका छन्। रावलपिण्डीमा श्रीलंकाविरुद्ध भएको खेलमा उनले यो कीर्तिमान बनाएका हुन्।
यस दोहोरो शतकसँगै ब्रुकले वेस्ट इन्डिजका क्रिस गेलको एक दुर्लभ कीर्तिमानको पनि बराबरी गरेका छन्।
तर ब्रुकको कीर्तिमानी पारीका बाबजुद इङ्गल्यान्ड खेलमा पराजित भयो। बिहीबार भएको खेलमा श्रीलंकाले ४३० रनको विशाल लक्ष्य दुई विकेट बाँकी रहँदै पूरा गर्दै जित हात पार्यो।
श्रीलंकाको जितसँगै ब्रुकको ऐतिहासिक दोहोरो शतक छायाँमा परेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


