टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण

बडादसैँअन्तर्गत टीकाको तेस्रो दिन आज शुक्रबार पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी छ।
विजयादशमीका दिन मान्यजनबाट टीका लगाउन नभ्याएका वा छुटेकाहरूले आज पनि टीका र आशीर्वाद ग्रहण गरिरहेका छन्।
नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइन्छ। आफन्त तथा परिवारजनको घरमा पुगेर टीका थाप्ने क्रम आज पनि देखिएको छ।
दसैँ नेपालीहरूको प्रमुख पर्व हो। टीकाको तेस्रो दिनसम्म पनि मान्यजनबाट आशीर्वाद लिने परम्परा कायम छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


