एनपीएल तेस्रो संस्करण: उद्घाटन खेलका सबै टिकट आधा घण्टामै बिक्री

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका सबै टिकट बिक्री खुला भएको आधा घण्टामै सकिएका छन्। एनपीएल अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ।
नेपाल क्रिकेट संघ (क्यान) ले गएराति ८ बजे टिकटको अनलाइन बुकिङ खुला गरेको थियो। बुकिङ खुलेको ३० मिनेटमै, अर्थात् साढे ८ बजेसम्ममा उद्घाटन दिनका सबै टिकट ‘सोल्ड आउट’ भएका हुन्।
प्रतियोगिताका अन्य खेलका टिकट बिक्री पनि औपचारिक रूपमा खुला भइसकेको छ। पहिलो खेलका टिकट छोटो समयमै सकिएपछि दर्शकमा एनपीलप्रति उच्च चासो देखिएको छ।
तेस्रो संस्करणका लागि टोलीहरूले विदेशी खेलाडी भित्र्याउने तयारी अघि बढाइरहेका छन्। प्रतियोगिता सुरु हुन अब केही दिन मात्र बाँकी छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

