६ कात्तिक २०८३ English
English

गमगढी–नाक्चेलाग्ना सडक: १० वर्षमा साढे १८ किलोमिटर मात्र ट्र्याक, मुगुम कार्मारोङ अझै सडकविहीन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
गमगढी–नाक्चेलाग्ना सडक: १० वर्षमा साढे १८ किलोमिटर मात्र ट्र्याक, मुगुम कार्मारोङ अझै सडकविहीन
तस्बिर: नेपाल प्रेस

मुगु सदरमुकाम गमगढीबाट चीनसँगको उत्तरी नाक्चेलाग्ना नाका जोड्ने सडक निर्माण सुरु भएको दस वर्ष बितिसक्दा पनि मुगुम कार्मारोङ गाउँपालिका सडक सञ्जालमा जोडिन सकेको छैन।

सर्वेक्षण सुरु भएको दुई दशकभन्दा बढी समय बितिसक्दा ९३ किलोमिटर लामो भनिएको उक्त सडकमा साढे १८ किलोमिटर मात्र ट्र्याक खुलेको छ। चीनको सीमावर्ती नाक्चेलाग्नासम्म पुग्ने लक्ष्यसहित थालिएको गमगढी–नाक्चेलाग्ना सडक अपेक्षित गतिमा अघि बढ्न सकेको छैन।

सडक डिभिजन जुम्लाले नाग्म–गमगढी–नाक्चेलाग्ना सडक योजनाको ट्र्याक खोल्न जागृति–रारा तेन्जिङ–नोर्‍याङ जेभीसँग सम्झौता गरेर काम गरिरहेको छ।

सडक निर्माणको सुस्त गतिले स्थानीयवासीको दैनिक जीवनयापनमा असर परेको छ। मुगुम कार्मारोङका बासिन्दा अझै यातायात सुविधाबाट वञ्चित छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ६ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 6 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार