६ कात्तिक २०८३ English
English

उपत्यका भित्रिएपछि बागमती, विष्णुमतीलगायत नदी गम्भीर प्रदूषित: प्रतिवेदन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
उपत्यका भित्रिएपछि बागमती, विष्णुमतीलगायत नदी गम्भीर प्रदूषित: प्रतिवेदन

YouTube मा सब्स्क्राइब

काठमाडौँ उपत्यकाका प्रमुख नदी सहरी क्षेत्र छिचोल्दै जाँदा गम्भीर रूपमा प्रदूषित हुने गरेको एक प्रतिवेदनमा उल्लेख छ। बागमती सभ्यता एकीकृत विकास उच्चस्तरीय समितिले अगस्ट २०२६ को नदी पानी गुणस्तर विश्लेषण प्रतिवेदन तयार पारेको छ। प्रतिवेदनअनुसार प्रशोधन नगरिएको ढल र फोहोर मिसिँदा बागमती, विष्णुमती, धोबीखोला, नक्खुखोला, टुकुचा र हनुमन्ते नदीका केही खण्ड खुला ढलजस्तै देखिएका छन्।

मुहानबाट तलतिर बग्दै जाँदा ढल, जैविक फोहोर र रासायनिक प्रदूषक मिसिएर पानीको गुणस्तर तीव्र रूपमा खस्किने गरेको समितिले जनाएको छ। मुहान क्षेत्र सुन्दरीजलमा बागमतीको पानी तुलनात्मक रूपमा सफा पाइएको छ। गोकर्ण पुग्दासम्म भने सिधै मिसाइएको ढलका कारण नदी निकै प्रदूषित भइसकेको प्रतिवेदनमा उल्लेख छ।

स्रोत

सम्बन्धित समाचार