नेपाल–चीन रेलवेको सम्भाव्यता प्रतिवेदन टुङ्गियो, रसुवा बाढीको असर अध्ययनको विषय

नेपाल–चीन अन्तरदेशीय रेलमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदनले अन्तिम रूप पाएको अधिकारीहरूले बताएका छन्। अध्ययनका निष्कर्ष सुनाउन दुवै देशका अधिकारीको बैठक सम्भवतः दसैँलगत्तै बस्नेछ। करिब ४२ महिनाको समय दिइएको यो अध्ययन प्रतिवेदन चीनले तयार पारेको हो र त्यसमा नेपालले पनि आफ्ना केही सुझाव दिएको छ।
रसुवामा आएको बाढीले रेलमार्गको सम्भावित निर्माणस्थल वरपरका क्षेत्रमा व्यापक क्षति पुर्याएको अवस्थामा यो प्रतिवेदन आएको हो। एक अधिकारीका अनुसार भोटेकोशी बाढीले उठाएका केही प्रश्न विस्तृत परियोजना प्रतिवेदन बनाउँदा सम्बोधन गर्न सकिन्छ। आगामी बैठकमा प्रतिवेदन हस्तान्तरण भए पनि नेपाली अधिकारीहरू निर्माण लागतलगायतका पक्ष केलाएर मात्र परियोजनाबारे धारणा बनाउने पक्षमा छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


