एनडीटीभी वर्ल्ड समिटमा अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच प्रश्नोत्तर

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग प्रश्नोत्तर गरेका छन्। उनी अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा समिटमा सहभागी भएका हुन्।
बिहीबार आयोजित ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ सत्रमा दुई मन्त्रीबीच बदलिँदो विश्व परिस्थितिमा अन्तर्राष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे छलफल भएको थियो। सो क्रममा अर्थमन्त्री वाग्लेले नेपाल–भारत सम्बन्ध र क्षेत्रीय सहकार्यका विषय उठाउँदै विपद्, पोषण र स्वच्छ ऊर्जामा सहकार्यको विषय उठाएका थिए।
भारतीय विदेशमन्त्री जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक संस्थागत संरचनामा बाँध्न आवश्यक नरहेको बताए। उनले व्यावहारिक, लचिलो र परिणाममुखी सहकार्यमा जोड दिए।
कार्यक्रममा अर्थमन्त्री वाग्लेले नेपालमा हालै आएका विपद् र सन् २०१५ को विनाशकारी भूकम्पका बेला भारतले तत्काल सहयोग गरेकोमा धन्यवाद पनि दिएका थिए।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


