केन्द्रीय कारागारबाट फरार बेचबिखन मुद्दाका कैदीबन्दी चन्द्र दमाई केसी पक्राउ

बेचबिखन तथा ओसारपसार मुद्दामा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका एकजना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भएका चन्द्र दमाई केसी छन्। उनी बेचबिखन तथा ओसारपसार मुद्दामा केन्द्रीय कारागारमा रहेका कैदीबन्दी थिए।
उनी आन्दोलनका बेला केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका थिए। फरार भएपछि उनी प्रहरीको खोजीमा थिए।
प्रहरीले आन्दोलनका बेला विभिन्न कारागारबाट फरार कैदीबन्दीलाई पक्राउ गर्ने क्रम जारी राखेका बेला केसी पक्राउ परेका हुन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
