नेपालको जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायसँग आग्रह गरेकी छन्। उनले जलवायु न्यायलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएकी हुन्।
चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम (स्योङआन) सम्मेलनमा सम्बोधन गर्दै भण्डारीले यस्तो आग्रह गरेकी हुन्।
सम्बोधनमा उनले नेपालमा हालै भएका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताइन्। त्यसैले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ थियो।
पूर्वराष्ट्रपति भण्डारीले सम्मेलनमा नेपालले प्राप्त गर्नुपर्ने जलवायु न्यायको विषयमा आफ्नो धारणा राखेकी थिइन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


