७ कात्तिक २०८३ English
English

हिउँले घाँस नष्ट, हुम्लाको लिमीमा छ महिना पशु पाल्ने चिन्ता

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
हिउँले घाँस नष्ट, हुम्लाको लिमीमा छ महिना पशु पाल्ने चिन्ता

YouTube मा सब्स्क्राइब

हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा हिउँले घाँस नष्ट गरेपछि आगामी छ महिना पशुलाई के खुवाउने भन्ने चिन्ता बढेको छ। हिमालपारि रहेको यो गाउँमा असोज १० र ११ गते भारी हिमपात भएको थियो। स्थानीयका अनुसार वनमा मात्र होइन, जग्गाको छेउछाउमा भएको घाँस पनि हिउँले नष्ट गरेको छ।

त्यतिबेला हिउँदका लागि घाँस काटेर गोठमा थन्काउने समय थियो। हिउँ परेपछि यस वर्ष घाँस काट्ने काम हुन सकेको छैन। लिमीका वडाध्यक्ष पाल्जोर तामाङले घाँस सञ्चय गर्न नपाएकाले हिउँदभरि पशुपालनमा कठिनाइ हुने बताउनुभएको छ।

हिमपातमा अड्किएका पशुलाई वडाध्यक्षको नेतृत्वमा गएको टोलीले बिहीबार सुरक्षित रूपमा गाउँ फर्काएको छ। यता, भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पशुपन्छी र माछापालन क्षेत्रमा मात्रै करिब १ अर्ब ३ करोड रुपैयाँको नोक्सानी पुर्‍याएको कृषि, वन तथा वातावरण मन्त्रालयको प्रारम्भिक अनुमान छ। ती क्षेत्रबाट हुने नियमित आम्दानीमा परेको असरको लेखाजोखा भने अझै सकिएको छैन।

धेरै ग्रामीण क्षेत्रमा पशुपालन र माछापालन नै आयको मुख्य स्रोत भएकाले क्षतिले किसानको समग्र आर्थिक अवस्थामा गम्भीर असर पारेको सरोकारवालाहरूले बताएका छन्।

स्रोत

सम्बन्धित समाचार