७ कात्तिक २०८३ English
English

विश्व भोकमरी सूचकांकमा नेपाल ७२औँ, दक्षिण एसियाका तीन छिमेकीभन्दा अगाडि

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
विश्व भोकमरी सूचकांकमा नेपाल ७२औँ, दक्षिण एसियाका तीन छिमेकीभन्दा अगाडि

YouTube मा सब्स्क्राइब

विश्व भोकमरी सूचकांक २०२६ मा नेपाल १२२ देशमध्ये ७२औँ स्थानमा परेको छ। प्रतिवेदनअनुसार नेपालको भोकमरी अवस्था मध्यम श्रेणीमा छ। दक्षिण एसियामा नेपाल भारत, पाकिस्तान र बंगलादेशभन्दा अगाडि छ।

१०० पूर्णाङ्कमा सन् २०१८ मा झन्डै साढे १८ अंक रहेको नेपालको अंक यस वर्ष करिब साढे १४ मा झरेको छ। अंक घट्नुले भोकमरीको अवस्थामा क्रमशः सुधार भएको देखाएको छ। तर पोषण र खाद्य सुरक्षाका क्षेत्रमा अझै सुधार गर्नुपर्ने देखिएको छ।

पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपन सन् २००० मा करिब ५६ प्रतिशत रहेकोमा अहिले करिब २६ प्रतिशतमा झरेको छ। यो अवधिमा पुड्कोपन झन्डै ३० प्रतिशत विन्दुले घटेको छ। नेपालको सूचकांक चार प्रमुख सूचकका आधारमा निकालिएको हो, जसमा अपर्याप्त क्यालोरी पाउने जनसंख्याको अनुपात र पाँच वर्षमुनिका बालबालिकाको उमेरअनुसार उचाइ पर्छन्।

स्रोत

सम्बन्धित समाचार