७ कात्तिक २०८३ English
English

कात्तिकमा १८ दिन बिदा, सरकारी कार्यालय १२ दिन मात्र खुल्ने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कात्तिकमा १८ दिन बिदा, सरकारी कार्यालय १२ दिन मात्र खुल्ने

YouTube मा सब्स्क्राइब

यस वर्ष कात्तिकभरि सरकारी कार्यालयहरू १२ दिन मात्र सेवा दिने भएका छन्। दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वका बिदा तथा साप्ताहिक बिदा जोड्दा ३० दिनको यो महिनामा १८ दिन बिदा परेको छ। सातामा दुई दिन बिदा दिने व्यवस्था लागू भएपछि कात्तिक ८ र १५ गतेका आइतबार पनि बिदाका रूपमा गनिएका छन्।

कात्तिक १ गतेदेखि लगातार आठ दिन बन्द रहेका सरकारी कार्यालय ९ गते सोमबार खुल्नेछन्। त्यसपछि १०, ११, १२ र १३ गते पनि कार्यालय खुला रहनेछन्। १४ र १५ गते बिदा परेपछि कार्यालय फेरि १६, १७, १८, १९ र २० गते खुल्नेछन्।

त्यसपछि २१ देखि २६ गतेसम्म लगातार छ दिन सरकारी कार्यालय बन्द रहनेछन्। सरकारी क्यालेन्डरअनुसार कात्तिक २७ गते र ३० गते कार्यालय खुला रहनेछन् भने बीचका २८ र २९ गते बिदा रहनेछ। यसअघि ३१ दिनको असोजमा पनि सरकारी कार्यालय २२ दिन मात्र सञ्चालनमा थिए।

यसअनुसार असोजमा ९ दिन कार्यालय बन्द थिए।

स्रोत

सम्बन्धित समाचार