अर्थमन्त्री वाग्लेको भारतमा दिएको अभिव्यक्तिमाथि एमाले नेता बास्कोटाको कडा आपत्ति

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनुभएको छ। बास्कोटाले शनिबार फेसबुकमा स्टाटस लेखेर अर्थमन्त्रीको आलोचना गर्नुभएको हो।
अर्थमन्त्री वाग्लेले हालैको भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा भएको एक अन्तरक्रिया कार्यक्रममा नेपाली राष्ट्रवाद र नेपाल–भारत सम्बन्धबारे धारणा राख्नुभएको थियो। विगतमा नेपालमा भारतको विरोधलाई नै राष्ट्रवाद मान्ने भाष्य बनाइएको र नयाँ पुस्तामा त्यो सोच नरहेको उहाँको भनाइ थियो। यसैप्रति आपत्ति जनाउँदै बास्कोटाले अर्थमन्त्री भारत पुग्नेबित्तिकै नेपाल राष्ट्रविरुद्ध 'छाद्ने' गरेको टिप्पणी गर्नुभएको छ।
उहाँले वाग्लेको भनाइलाई 'बौद्धिक ज्ञानको टाट पल्टाइ' भन्दै राष्ट्रवाद र राष्ट्रिय हितको विषयमा राजनीतिक, कूटनीतिक र ऐतिहासिक रूपमा गलत ठहर्याउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


