गेटामा एमबीबीएस अध्यापन रोक्न डा. केसीको माग, चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको राजीनामा माग

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले गेटामा एमबीबीएस पढाउने निर्णयको विरोध गर्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा देवेन्द्रबहादुर खत्रीलाई बर्खास्त गर्न माग गर्नुभएको छ। उहाँले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति डा. सुनिलकुमार जोशी र रजिस्ट्रार डा.
भीमबहादुर चन्दलाई पनि पदबाट हटाउन माग गर्नुभएको छ। ती पदाधिकारीले स्वार्थ बाझिने गरी चिकित्सा शिक्षाको गुणस्तर खस्कने निर्णय गरेको डा. केसीको आरोप छ।
निर्णय प्रक्रियामा संलग्न आयोग र विश्वविद्यालयका पदाधिकारीको भूमिकाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि उहाँले माग गर्नुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

