हिल्सामा नेपाल–चीन मैत्री पुल तयार, तर उद्घाटन र सञ्चालन अड्कियो

हुम्लाको हिल्सामा नेपाल–चीन सीमामा बनेको मैत्री पुलको निर्माण सकिए पनि यस वर्ष उद्घाटन नहुने भएको छ। चिनियाँ पक्षले उद्घाटनको व्यवस्था मिलाउन नेपालसँग आग्रह गरेको थियो। तर भोटेकोशी बाढीलगायतका समस्याका कारण नेपाली पक्षले समय मिलाउन नसकेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताउनुभएको छ। उद्घाटन नभएकाले चीनले आफ्नो भूभागमा बार लगाएर पुलमा आवतजावत बन्द गरेको छ। प्रमुख जैसीका अनुसार हिमपात सुरु भइसकेकाले उद्घाटन कम्तीमा आठदेखि नौ महिना पर धकेलिएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

