७ कात्तिक २०८३ English
English

सर्लाहीमा यात्रुवाहक ईभी र केमिकल बोकेको ट्रक ठोक्किँदा १२ जना घाइते

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सर्लाहीमा यात्रुवाहक ईभी र केमिकल बोकेको ट्रक ठोक्किँदा १२ जना घाइते
तस्बिर: नेपाल प्रेस

सर्लाहीमा यात्रुवाहक गाडी र केमिकल बोकेको ट्रक एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन्।

दुर्घटना सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ मा भएको हो। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको म.प्र.-०४-००१ ज ००५७ नम्बरको यात्रुवाहक ईभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको ट्रक ठोक्किएका थिए।

ट्रकमा साबुन बनाउन प्रयोग हुने केमिकल लोड गरिएको थियो। दुर्घटनामा परी यात्रुवाहक गाडीमा सवार १२ जना घाइते भएका छन्।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ७ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 7 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार