सुनसरी लागुऔषध बरामद प्रकरण: भिडियो भ्रामक भएको सशस्त्र प्रहरीको दाबी

सुनसरीमा लागुऔषधसहित मोटरसाइकल बरामद गरिएको घटनाबारे सामाजिक सञ्जालमा फैलिएको भिडियोलाई लिएर सशस्त्र प्रहरी बलले स्पष्टीकरण दिएको छ।
गत कात्तिक ४ गते सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सुनसरीबाट विभिन्न प्रकारका लागुऔषधसहितको मोटरसाइकल बरामद गरेको थियो।
बरामदीपछि सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको देखिने भिडियो सामाजिक सञ्जालमा फैलियो। त्यसपछि सुरक्षाकर्मीले मोटरसाइकलमा आफैँ लागुऔषध राखेको आरोप लागेको थियो।
सशस्त्र प्रहरीले यस विषयमा स्पष्टीकरण दिएको छ। उसका अनुसार यो घटनालाई लिएर सामाजिक सञ्जालमा सुरक्षाकर्मीलाई दोषी देखाउने गरी भ्रामक प्रचार गरिएको हो। बरामदीको क्रममा के भएको थियो भन्नेबारे सशस्त्र प्रहरीले आफ्नो पक्ष सार्वजनिक गरेको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

