८ कात्तिक २०८३ English
English

बाढीले क्षति पुर्‍याएका तामाङ सम्पदा र रुबी भ्याली पदमार्ग फेरि खुले

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बाढीले क्षति पुर्‍याएका तामाङ सम्पदा र रुबी भ्याली पदमार्ग फेरि खुले

YouTube मा सब्स्क्राइब

रसुवाको तामाङ सम्पदा पदमार्ग र धादिङको रुविभ्याली पदमार्ग पर्यटकका लागि खुला भएका छन्। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएको पदमार्ग स्याफ्रुबेँसीमा अस्थायी फड्के पुल बनेपछि फेरि सञ्चालनमा आएको हो। रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले पुल बनेसँगै पर्यटकको आवतजावत सम्भव भएको जानकारी दिनुभएको छ।

यस पदमार्ग हुँदै वार्षिक करिब १ हजार स्वदेशी तथा विदेशी पर्यटक हिँड्ने गरेका छन्। झन्डै सातदेखि १० दिनको यस पदयात्रामा तिब्बती प्रभाव भएको तामाङ जीवनशैली, ढुङ्गाले कुँदिएका घर, काठका झ्याल, गुम्बा र माने हेर्न सकिन्छ। पदमार्ग आमाछोदिङ गाउँपालिकाको स्याफ्रुबेँसीबाट बाहुनडाँडा, गोल्जुङ र गत्लाङ हुँदै पार्वतीकुण्डतर्फ जान्छ।

स्रोत

सम्बन्धित समाचार