दसैँपछि मानिसहरू काठमाडौँ फर्कंदै, नाकामा सवारी चाप र बजारमा चहलपहल बढ्यो

दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका छन्। यात्रुहरू फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ।
बडादसैँ सकिन लागेसँगै केही दिन सुनसान बनेको संघीय राजधानी फेरि सामान्य दैनिकी र व्यापारिक लयमा फर्किन थालेको छ। असन र न्युरोडका बजारमा उपभोक्ताको भीड बाक्लिएको छ।
दसैँ मनाउन जन्मथलो पुगेकाहरू कर्मथलो फर्किएसँगै कालिमाटी फलफूल तथा तरकारी बजारमा पनि व्यापारिक चहलपहल बढेको छ। दसैँका कारण केही दिन प्रायः सुनसान बनेका थोक तथा खुद्रा बजारमा फेरि कारोबार बढ्न थालेको छ।
मुख्य चाड सकिएसँगै उपत्यकाका सडक, बजार र तरकारी बजारमा फेरि भीड देखिन थालेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


