दसैँमा मुस्ताङबाट ३६ करोडभन्दा बढीका भेडाच्याङ्ग्रा बिक्री

दसैँमा मुस्ताङबाट ३६ करोड रुपैयाँभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा बिक्री भएका छन्। कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख डा. लालमणी अर्यालका अनुसार यस वर्ष १३ हजार ९५० वटा भेडाच्याङ्ग्रा बिक्री भएका हुन्।
यीमा मुस्ताङकै पाँच स्थानीय तहका किसानले पालेका र डोल्पा, मुगुलगायत कर्णाली प्रदेशका जिल्लाबाट ल्याइएका पशु छन्। मुस्ताङका किसानले मात्र ७ हजार ९६४ च्याङ्ग्रा र १ हजार २०४ भेडा बेचेका छन्। डोल्पाबाट ३ हजार ५५१ भेडाच्याङ्ग्रा आएका थिए।
तिब्बत हुँदै कोरला नाकाबाट आएका ४३८ च्याङ्ग्रा पनि मुस्ताङ हुँदै बाहिरिएका छन्। डा. अर्यालले दसैँको बिक्री उत्साहजनक रहेको र केही किसानले तिहारका लागि पशु रोकेर राखेको बताउनुभएको छ।
उहाँका अनुसार गत वर्षभन्दा यसपालि किसानले राम्रो मूल्य पाएका छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


