८ कात्तिक २०८३ English
English

जानकी आँखा अस्पताल ६ महिनाभित्र सुधार्ने सांसद मनिष झाको प्रतिबद्धता

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
जानकी आँखा अस्पताल ६ महिनाभित्र सुधार्ने सांसद मनिष झाको प्रतिबद्धता

YouTube मा सब्स्क्राइब

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधामस्थित श्री जानकी आँखा अस्पताललाई ६ महिनाभित्र सुधारेर व्यवस्थित बनाउने प्रतिबद्धता जनाउनुभएको छ। अस्पतालको निरीक्षणका क्रममा उहाँले भौतिक संरचना, जनशक्ति व्यवस्थापन र आर्थिक सुशासनमा ६ महिनाभित्रै देखिने परिवर्तन ल्याउने बताउनुभएको हो। जनकपुरधामको पहिचानसँग जोडिएको यो अस्पतालमा पर्याप्त संरचना र आर्थिक स्रोत भए पनि त्यसको प्रभावकारी उपयोग हुन नसकेको उहाँको भनाइ छ।

सांसद झाका अनुसार अस्पतालको कोषमा करिब २२ करोड रुपैयाँ छ, जसलाई पूर्वाधार स्तरोन्नति र सेवा विस्तारमा लगाइने उहाँले बताउनुभएको छ। अस्पतालको कमजोर व्यवस्थापन र कर्मचारीको कार्यशैली सुधार्नुपर्ने उहाँको धारणा छ। सुधारमा असहयोग गर्ने, काम नगरी तलब बुझ्ने वा अस्पतालको जिम्मेवारीमा रहँदै अन्यत्र निजी व्यवसाय चलाउने कर्मचारीलाई कारबाही गरिने उहाँले चेतावनी दिनुभएको छ।

स्रोत

सम्बन्धित समाचार