८ कात्तिक २०८३ English
English

रोल्पामा वर्षमान पुनले सरकारको कामप्रति असन्तुष्टि जनाए

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
रोल्पामा वर्षमान पुनले सरकारको कामप्रति असन्तुष्टि जनाए

YouTube मा सब्स्क्राइब

नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रियता, जनजीविका, सुशासन र सेवा प्रवाहमा वर्तमान सरकार चुकेको आरोप लगाउनुभएको छ। गृहजिल्ला रोल्पामा दुई महिने राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो। पुनका अनुसार चुनावअघि गरिएका वाचा र अहिलेको कामबीचको फरक अभियानमार्फत जनतासम्म पुर्‍याइनेछ।

फागुन २१ को निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बन्दा युवामा देखिएको उत्साह सात महिनामै घट्दै गएको उहाँको दाबी छ। सरकारप्रति जनताको असन्तुष्टि बढ्दै गएको पनि उहाँले बताउनुभएको छ। सीमा विवाद, छिमेकी देशसँगको कूटनीतिक सम्बन्ध र विदेशी शक्तिसँगको संवादमा सरकारको कार्यशैलीप्रति उहाँले प्रश्न उठाउनुभएको छ।

सुस्ता क्षेत्रको सीमा विवादसँग जोडिएको घटनाबारे संसद्मा प्रधानमन्त्रीबाट प्रस्ट जवाफ नआएको आरोप पनि पुनले लगाउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार