८ कात्तिक २०८३ English
English

छठ नजिकिँदा सिरहाका बजारमा बाँसका सामग्रीको बिक्री बढ्यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
छठ नजिकिँदा सिरहाका बजारमा बाँसका सामग्रीको बिक्री बढ्यो

YouTube मा सब्स्क्राइब

छठ पर्व नजिकिँदै गर्दा सिरहाका बजारमा बाँसबाट बनेका पूजा सामग्रीको किनबेच बढ्न थालेको छ। छठ पूजामा चाहिने ढाकी, नाङ्लो, सुप र कोनियालगायतका सामग्री किन्न सर्वसाधारण बजार पुग्न थालेका छन्। यिनै बाँसका भाँडामा पूजाका सामग्री राखेर सूर्यदेवलाई अर्घ्य दिइन्छ। बजारमा देखिएका बाँसका सामग्रीले सिरहामा छठको रौनक थपेका छन्। बजारको यो दृश्य नेपाल फोटो लाइब्रेरीका सुरेश रायले तस्बिरमा कैद गर्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार