८ कात्तिक २०८३ English
English

बङ्गालको खाडीको चक्रवातको असर: बुधबारदेखि चार दिन देशभर वर्षा र हिमपातको सम्भावना

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बङ्गालको खाडीको चक्रवातको असर: बुधबारदेखि चार दिन देशभर वर्षा र हिमपातको सम्भावना
तस्बिर: गोरखापत्र

बङ्गालको खाडीमा बनिरहेको चक्रवातको असर नेपालमा पर्ने भएको छ। गोरखापत्रका अनुसार त्यहाँको शक्तिशाली न्यूनचापीय क्षेत्र झन् बलियो हुँदै गएको छ।

मौसमविद्का अनुसार बुधबार कात्तिक ११ गतेदेखि १५ गतेसम्म चार दिन देशका विभिन्न ठाउँमा वर्षा हुन सक्छ भने हिमाली क्षेत्रमा हिमपात हुन सक्छ। आउँदो बुधबार वा बिहीबारदेखि देशभर वर्षा हुन सक्ने मौसमविद्हरूले जनाएका छन्।

यसैलाई ध्यानमा राखेर मौसमविद्ले किसानलाई बाली भित्र्याउन र बुधबारदेखि लामो दुरीको यात्रा नगर्न सुझाव दिएका छन्।

आजको मौसमको कुरा गर्दा, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव छ। यसका कारण हिमाली र पहाडी भूभागमा आंशिक बदली छ भने तराईका धेरैजसो ठाउँमा मौसम मुख्यतया सफा छ। आज कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्छ। तराईका केही ठाउँमा बिहानपख हुस्सु र कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ८ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 8 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार