८ कात्तिक २०८३ English
English

‘पोखरामा पर्यटकसँग दसैँ भेट’ नारासहित आज दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
‘पोखरामा पर्यटकसँग दसैँ भेट’ नारासहित आज दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव
तस्बिर: सेतोपाटी

बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आज आइतबार पोखरामा ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव’ हुँदैछ। महोत्सव पोखराको लेकसाइडमा हुनेछ।

महोत्सवको नारा ‘टीका, जमरा र चङ्गा चेट, पोखरामा पर्यटकसँग दसैँ भेट’ राखिएको छ। दसैँलाई पर्यटनसँग जोड्न पोखराका महिला पर्यटन व्यवसायीले यो कार्यक्रम आयोजना गरेका हुन्।

कार्यक्रममा विदेशी पर्यटकलाई टीका र जमरा लगाइनेछ। पोखराको पर्यटन क्षेत्रमा यस्तो कार्यक्रम पहिलो पटक हुन लागेको हो।

आयोजकले पर्यटकसँग दसैँको अनुभव साट्ने उद्देश्य राखेका छन्। ताल र हिमालका लागि चिनिने पोखरामा अब पर्यटकले दसैँको संस्कृति पनि नजिकबाट हेर्न पाउनेछन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ८ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 8 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार