८ कात्तिक २०८३ English
English

विश्व पोलियो दिवस: उपत्यकाका सात सम्पदा स्थल जोड्दै ५०० भन्दा बढी साइकल यात्रीले फैलाए पोलियो उन्मूलनको सन्देश

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
विश्व पोलियो दिवस: उपत्यकाका सात सम्पदा स्थल जोड्दै ५०० भन्दा बढी साइकल यात्रीले फैलाए पोलियो उन्मूलनको सन्देश
तस्बिर: सेतोपाटी

विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकामा पोलियो उन्मूलनको सन्देश बोकेर साइकल यात्रा गरियो।

यात्रामा ५०० भन्दा बढी साइकल यात्री सहभागी भए। उनीहरूले काठमाडौँ उपत्यकाका सातवटा विश्व सम्पदा स्थल जोड्दै साइकल चलाएर पोलियो अन्त्य गर्नुपर्ने सन्देश फैलाएका हुन्।

विश्व पोलियो दिवस हरेक वर्ष अक्टोबर २४ मा मनाइन्छ। यही दिनलाई पारेर उपत्यकामा यस्तो सचेतना कार्यक्रम गरिएको हो।

सम्पदा स्थल जोड्दै गरिएको यो यात्राको मुख्य उद्देश्य पोलियो उन्मूलनप्रति आम मानिसलाई सचेत बनाउनु रहेको स्रोतहरूले जनाएका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ८ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 8 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार