पढाइ खर्च जुटाउन पेन्टिङ गर्ने डडेल्धुराका युवा

डडेल्धुराको अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराईले पढाइ खर्च जुटाउन पेन्टिङको काम गर्दै आउनुभएको छ। १२ कक्षा उत्तीर्ण गरेर स्नातक तहमा भर्ना भएपछि उहाँ करिब सात महिनादेखि यो काममा हुनुहुन्छ। उहाँले यसबाट मासिक २५ हजार रुपैयाँ बचत गर्नुहुन्छ।
घरका जेठा छोरा दीपकका बुबाआमा खेतीमा भएकाले र भाइ पनि पढिरहेकाले परिवारमाथि मात्र भर पर्न नसकेको उहाँको भनाइ छ। अध्ययन र काम सँगै लैजान सहज नभए पनि भविष्यका लागि दुवैलाई निरन्तरता दिने दीपकको लक्ष्य छ। सोही वडाका शिवराज भट्टराई पनि छ वर्षदेखि पेन्टिङबाट आम्दानी गर्दै आउनुभएको छ।
सुरुमा फुर्सदको समयमा मात्र यो काम गर्ने शिवराजले अहिले यसैलाई मुख्य पेसा बनाउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


