८ कात्तिक २०८३ English
English

शिखका पहिरो प्रभावित आश्रयस्थलबाट आफन्तका खाली घरमा सरे

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
शिखका पहिरो प्रभावित आश्रयस्थलबाट आफन्तका खाली घरमा सरे
तस्बिर: नेपाल प्रेस

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा पहिरोबाट विस्थापित धेरै परिवारले अस्थायी आश्रयस्थल छाडेका छन्। उनीहरू अहिले आफन्तका खाली घरमा बस्न थालेका छन्।

आश्रयस्थलका टहरा र पालमा बस्दै आएका धेरैजसो परिवारले दसैँअघि नै बस्ने ठाउँको व्यवस्था मिलाएका हुन्। टोल संयोजक दीपक तिलिजाका अनुसार विस्थापितहरू आफन्तका खाली घर र अन्य सुरक्षित ठाउँमा सरेका छन्।

किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पनि पहिरोका कारण घर छाड्नुपरेको थियो। उनले केही दिन शिखको अस्थायी आश्रयस्थलमा बिताइन्। अहिले उनी दिदी सुनमायासँग बस्दै आएकी छन्। प्रभावितहरूका अनुसार आश्रयस्थलमा भन्दा खाली घरमा बस्न सजिलो भएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ८ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 8 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार