९ कात्तिक २०८३ English
English

लुम्बिनी विकास कोषमा आनी छोइङको नियुक्तिविरुद्ध जेनजी अभियानको विरोध सभा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
लुम्बिनी विकास कोषमा आनी छोइङको नियुक्तिविरुद्ध जेनजी अभियानको विरोध सभा

YouTube मा सब्स्क्राइब

सरकारले बौद्ध भिक्षुणी आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाएको निर्णयको विरोधमा राष्ट्रिय जेनजी नागरिक अभियानले काठमाडौँमा सभा गर्ने भएको छ। अभियानको केन्द्रीय समितिले आइतबार निकालेको सूचनाअनुसार शान्तिपूर्ण विरोध सभा सोमबार, कात्तिक ९ गते बिहान ११ बजे माइतीघर मण्डलामा हुनेछ। असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पेस गरेको प्रस्तावअनुसार यो नियुक्ति गरेको थियो।

अभियानले नियुक्तिको कानुनी आधार र औचित्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। यसैबीच जेनजी अभियन्ता अजय सोडारीले सोही मन्त्रालयका मन्त्री खडक राज पौडेल (गनेस) लाई पत्र लेखेर स्पष्टीकरण माग्नुभएको छ। पत्रमा नियुक्तिको कानुनी आधार, योग्यता, छनोट प्रक्रिया र नियुक्तिअघि पृष्ठभूमि मूल्याङ्कन भएको थियो कि थिएन भन्नेबारे जवाफ मागिएको छ।

लुम्बिनी नेपालको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचानसँग गाँसिएको विश्वसम्पदा क्षेत्र भएको उल्लेख गर्दै सोडारीले त्यसको नेतृत्वमा भएको यो नियुक्तिप्रति प्रश्न उठाउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार