दसैँमा कपडा र सुनचाँदीको व्यापार अपेक्षाअनुसार भएन: व्यवसायी

यसपालिको दसैँमा कपडा, फेन्सी सामान र सुनचाँदीको व्यापार अपेक्षाअनुसार हुन नसकेको व्यवसायीहरूले गुनासो गरेका छन्। काठमाडौँको न्युरोड र ललितपुरको पाटन क्षेत्रका व्यापारीले विगतका वर्षको तुलनामा आधाभन्दा कम व्यापार भएको बताएका छन्। पहिले दसैँभरि यी बजारमा किनमेल गर्नेको घुइँचो लाग्ने र व्यवसायीले राम्रो आम्दानी गर्ने गरेका थिए।
उनीहरूका अनुसार रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछिको अवस्था तथा सामानको मूल्यवृद्धिले यसपालि व्यापार प्रभावित भएको हो। कतिपय व्यवसायीले दसैँका लागि लाखौँ रुपैयाँको सामान तयार राखे पनि त्यो बिक्री हुन सकेको छैन। कपडा व्यवसायी प्रमिला श्रेष्ठले दसैँका लागि करिब ४ देखि ५ लाख रुपैयाँ बराबरको सामान राखे पनि सोचेजस्तो बिक्री नभएको बताउनुभएको छ।
रसुवाको बाढीले आम नागरिकको दसैँ नै प्रभावित पारेकाले ग्राहक नआएको उहाँको बुझाइ छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


