९ कात्तिक २०८३ English
English

४६औँ नेपालभाषा साहित्य सम्मेलन सम्पन्न, कवितामा शकुन्तला र कथामा कमलकेशरी प्रथम

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
४६औँ नेपालभाषा साहित्य सम्मेलन सम्पन्न, कवितामा शकुन्तला र कथामा कमलकेशरी प्रथम

YouTube मा सब्स्क्राइब

भक्तपुरमा दुईदिने ४६औँ नेपालभाषा साहित्य तःमुंज्या अर्थात् बृहत् साहित्य सम्मेलन शनिबार राति सम्पन्न भएको छ। सम्मेलनअन्तर्गतको प्रतियोगितामा कविता विधामा शकुन्तला महर्जन र कथा विधामा कमलकेशरी थुयाजू प्रथम घोषित हुनुभएको छ। कवितातर्फ हरिसुन्दर पोतामहाँ दोस्रो, शिल्भिया प्रजापति तेस्रो र ओमकृष्ण श्रेष्ठ चौथो हुनुभएको छ।

कथातर्फ सूर्यनारायण फाँजू दोस्रो, श्रीया पहिजू तेस्रो र एलके सुन्दर चौथो स्थानमा रहनुभएको आयोजकले जनाएको छ। शुक्रबार बिहान सुरु भएको यो सम्मेलन 'जनता बाँचे भाषा बाँच्छ' भन्ने अर्थ बोकेको 'जनता म्वाःसा भाषा म्वाई' नारासहित हरेक वर्ष हुँदै आएको छ। सम्मेलनसँगै सांस्कृतिक ब्वज्या पनि आयोजना गरिएको थियो।

समापन कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिमा लाग्नेहरूले समाजका समस्या बुझ्न आफैँ अध्ययन र अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ। उहाँले कार्यकर्ताको मूल्याङ्कन सदस्यताले मात्र नभई अध्ययन, अनुभव र कार्यक्षमताका आधारमा हुनुपर्नेमा जोड दिनुभएको छ। उहाँले किसान अगुवा मोहनबहादुर कुस्मा, लालाखिं गुरु मोतीबहादुर खायमली, समाजसेवी कृष्णदेवी वाङायो र सामाजिक अगुवा टेकबहादुर पलिखेललाई नगदसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ।

स्रोत

सम्बन्धित समाचार